विष्णुप्रसाद पोखरेल दमक/बुधबार साँझ पर्दै थियो । पानी पनि पर्न लागेको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमक ७ स्थित हाटखोलामा आउने भनेर त्यहाँ निक्कै चर्चा चलिरहेको रहेछ ।

स्थानीय राते होलीमा पुल शिलन्यास कार्यक्रममा ओली आउने भनिएपछि त्यहाँ केहि जेष्ठ नागरिकहरु हेर्न उत्सुक पनि रहेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली आएपछि एक युवाले आफ्नी आमालाइ बोलाउदै भने, हेर्न आउनु न उ मेयर आए गाडिमा ।

ओलीलाइ स्थानीयले राम्रो स्वागत गरे । उपस्थिति राम्रै रहेका थियो । ओलीले यस क्षेत्रको परिवर्तनको खुलेर प्रशाशा गरे । पहिला र अहिले धेरै सुधार आएको भन्दै स्थानीयलाइ धन्यवाद दिए ।

उनले यस क्षेत्रको विकास र नमुना गाँउ बनाउन योजना लिएर आउन आग्रह गर्दै नगरपालिकाले सहयोग गर्ने आश्वसन दिए ।

स्थानीयले राते होलीलाइ सिमसारको रुपमा विकास गर्न, सिसि क्यामेरा जडान, बिद्यूत पोलको ब्यवस्थापनको बिषयमा राखेको माग पुरा गर्न सहयोग गर्ने बताए ।

उनले नजिकै सुन पसललाइनमा अतिक्रमण हटाउने दोर्याए । कहि केहि नहुनेलाइ घर बनाएर राख्ने प्रतिबद्धता ब्यक्त गरे । यसमा सहयोग गर्न पनि अपिल गरे ।

दमक डा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेले पनि यो क्षेत्रमा विकासका लागि नगरपालिका र आफ्नो तर्फबाट सहयोग रहने उल्लेख गरे ।

स्थानीयले यहाँ विकासमा देखाएको तदारुकताको प्रशंशा गरे ।

वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले अब हाटखोलाको पहिचान र परिचय फेरिएको बताए ।

उनले यस क्षेत्रको विकासका लागि सबैलाइ लाग्न आग्रह गर्दै नगरपालिकाको प्राथमिकतामा यसलाइ राखिने भन्दै स्थानीयलाइ आश्वस्त पारे ।

रातेहोलीलाइ पर्यटकीय क्षेत्र बनाउन पनि पहल गरिने र त्यो काम शूरु हुने उनले बताए ।

स्थानीयका मागहरु जायज भएको भन्दै ति पुरा गर्न नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो ।

स्थानीय सामाजिक अगुवा भुमिराज राइले स्थानीयका समस्या र यहाँका सम्भावानाहरुको बिषयमा जानकारी गराएका थिए ।

उनले समस्या सामधानका लागि पहल गरिदिन पनि मेयर सहित नगरपालिकालाइ अनुरोध गरे ।

रातेहाली कल्भर्ट निर्माण उपभोक्ता समिति अध्यक्ष यामबहादुर लिम्बु र सचिब कृष्ण नेपालीले स्थानीयको समस्या अवगत गराउदै लिखित ज्ञापनपत्र नै बुझाएका थिए ।