विष्णुप्रसाद पोखरेल

दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आज शनिबार आयोजना गरेको मुटु रोग सम्बन्धिको स्वास्थ्य शिविर शुरु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाइ भेटनका लागि विरामीहरुको लाम लागेको छ ।

काठमण्डौमा उपचार गराएका तथा भेट्दै आएका विरामीहरुले यहि भेटन पाएपछि दंग बनेका थिए ।

मुटु रोगका बिरामी बालबालिकाहरु समेत उपचारका लागि उल्लेख्य रुपमा आएकाछन् ।

उपशाखाका निवर्तमान अध्यक्ष लिला गुरागाइका अनुसार बिहानैदेखि रेडक्रस परिसरमा बिरामीहरुको भिड लागेको छ ।

साँझसम्म नै स्वास्थ्य शिविर जारी रहने उनले बताएकाछन् ।

इसिजि, इको, ल्याव लगायतका सेवाहरु समेत यहाँ रहेको छ ।

सबैभन्दा बढि बिरामीहरुले डा. कोइरालालाइ भेटन चाहेको पाईएको रेडक्रसकर्मी प्रेम भट्टराइले बताए ।

डा. सञ्जिव शर्मा लगायतका आधा दर्जनभन्दा बढि बिशेषज्ञहरु आएकाछन् ।

आजै रेडक्रसद्धारा सञ्चालित सामुदायिक अस्पतालको पनि उद्घाटन हुने कार्यक्रम रहेको छ ।

यो प्रदेश नं. १ को पहिलो मुटुको उपचार हुने अस्पताल बन्ने छ ।