विष्णुप्रसाद पोखरेल दमक/जब बजेट बनाउने समय आउछ त्यो समय चर्चा हुने गर्छ सरकारी कर्मचारीको तलव कति बृद्धि होला ?
सरकारी कर्मचारीको तलव बृद्धिले राष्ट्रिय महत्व राख्दछ ।
बजेटमा सरकारी कर्मचारीको तलव बृद्धि भएपछि बाहिर नीजि क्षेत्रमा पनि यसको प्रभाव पर्ने भएकाले सबैले महत्वका साथ नै हेरेको पाइन्छ ।
अघिल्लो बजेटमा नै तलव बृद्धि होला भन्ने अपेक्षामा सरकारी कर्मचारी रहेका थिए तर बजेट बढेन ।
लगातर तीन बर्षअघि देखि तलव बृद्धि नभएकाले यो बर्ष भने ह्वात्तै तलव बढ्ने अपेक्षामा कर्मचारीहरु रहेको पाइन्छ ।
अघिल्लो पटक बजेट आँउदा ट्रेड युनियन तथा सरकारी कर्मचारीका आधिकारीक संघसंगठनहरुले २० देखि ५० प्रतिशतसम्म तलव एवं सेवा सुविधा बृद्धिको माग अघि सारेका थिए ।
यहि मागमा आधारित रहेर तलव बृद्धि भएको अवस्थामा कर्मचारीहरु सन्तुष्ट हुन सक्छन् ।
जेष्ठ नागरिकको भत्ता बढ्ने भनेर चर्चा र बहस भएपनि कर्मचारीको तलवको बिषयमा अहिलेसम्म सरकारका मन्त्रीहरुले बोलेको भने पाईएको छैन ।
समायोजन नै प्रमुख बिषय भएकाले अहिले बजेटको बिषय गौण बनेको पाइन्छ ।
जिबन धान्न पुग्ने गरी महगीलाइ ध्यान दिएर बैज्ञानिक रुपमा तलव बृद्धिको माग उठ्दै आएको छ ।२०७३ सालमा कर्मचारीको तलव बृद्धि भएको थियो । यसमा राष्ट्रपतिको १ लाख ५० हजार ४५०, उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८०, उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।
यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, साँसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० छ ।
यस्तै निजामति सेवा अन्र्तगत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ । प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ ।











