दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले सामुदायिक अस्पतालको उद्घाटन गरेको छ ।

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला र डा. सञ्जिव शर्माले सामुदायिक अस्पतालको उद्घाटन गरेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दीर्घ रोग उपचार केन्द्रको रुपमा सामुदायिक अस्पताल सञ्चालन हुने जनाईएको छ ।

डा. कोइरालाले यो एउटा सुनौलो काम भएको भन्दै प्रशंशा गरे । उनले आफ्नो सहयोग र साथ रहने बचनबद्धता पनि राखे ।

उद्घाटनमा स्वागत मन्तब्य राख्दै पुर्व अध्यक्ष मानबहादुर बुढाथोकीले रेडक्रस सामुदायिक अस्पताललाइ दर्बिलो बनाएर चलाउन कटिबद्ध रहेको भन्दै सबैलाय सहयोग गर्न आग्रह गरे ।

रेडक्रस अध्यक्ष प्रकाश बुढाथोकीले रेडक्रस सधै मानवीय सेवामा समर्पित रहेको भन्दै यो एउटा महत्वपुर्ण कामको रुपमा आफुले अघि बढाएको उल्लेख गरे ।

यसैबीच शनिबार नै मुटुको रोग सम्बन्धि बृहत स्वास्थ्य शिविरको समेत आयोजना भएको छ ।

मुटु रोग विशेषज्ञहरुको टोलीले शनिबार ५ सयभन्दा बढिको परीक्षण तथा उपचार गरेको निवर्तमान अध्यक्ष लीला गुरागाइले बताए ।

विहानैदेखि बेलुका अबेरसम्म रेडक्रसमा विरामीको चाप रहेको थियो । गुरागाइका अनुसार भब्य रुपमा सफलताका पुर्वक स्वास्थ्य शिविर सकिएको छ ।