काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली सोमबार नेकपाको पुर्ण एकता हुने बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै वैशाख ९ गते (भाेली) पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सांगठनिक एकताका सबैजसो विवादमा र्शीष नेताहरुबीच सहमति भइसकेको बताउँदै भोली पार्टी एकताको अन्तिम घोषणा हुने बताएका हुन् ।

आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको बताउँदै आजै बेलुका फेरी अर्काे बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने र भोली अन्तिम घोषणा हुने बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘भोलिसम्म एकता सम्पन्न हुनेभएकाले नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“पार्टी एकताका लागि आज दिनभरी बालुवाटारभित्रै दुईजना कमरेडलाई खटाएका छौं, अध्यक्ष प्रचण्डले भने, हामीले पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गर्दैछौं । बेलुका ५ बजे पुनः दुई अध्यक्षको बैठक हुन्छ त्यसपछि ६ बजे पार्टी सचिवालयको बैठक बस्ने कार्यक्रम छ ।” उनले थपे

सरकारले गम्भीर निर्णयहरु गहन अध्ययन गरी पार्टी विधान अन्तिम चरणमा पुगाएको दाबी गर्दै अध्यक्ष प्रचण्डले सरकारको विरोधमा लागेकाहरु एवं काम गर्न नसकेका कुराको पार्टीमा समीक्षा हुने जनाएका छन् । प्रचण्डले पार्टी विधान केही दिनमा पारित गरिने बताए ।

नेकपा एकता ट्ंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड एवं र्शीष नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत महासचिव विष्णु पौडेललगायतका नेताहरू गहन छलफलमा रहेका छन्।न्युज २४ बाट साभार