सामुहिक प्रयासले उपचार सम्भव

विष्णुप्रसाद पोखरेल

दमक/झापा दमकका एक नाबालकले सामुहिक प्रयास र चिकित्सकहरुको अथक प्रयासले जिबनदान पाएकाछन् । दमक ३ का मानबहादुर र ममता भुजेलका ११ महिनाका छोराका शरिर कुपीको आगो सल्कदा करिब २० प्रतिशत भाग चलेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामान्य मजदुरी गरेर जीबिकोपार्जन गर्दै आएको यो परिवारमा यो ठुलै बिपत्ती रहेको थियो । तत्का, उपचारका लागि धरान लगेपनि थप उपचारका लागि काठमण्डौ लैजान भनिएपछि उक्त परिवारले पैसा नभएको भन्दै बालकलाइ घरमा नै ल्याएका थिए ।

उक्त घटनाको बिषयमा थाहा पाएपछि बालकलाइ दमक नगरपालिकाको पहल कदमीमा सरकारी दमक अस्पताल ल्याउने वातबारण बनाईएको थियो । त्यहाँबाट डा. सुर्यनारायण शाहले लाइफलाइन अस्पतालमा रेफर गरेका थिए ।

उपचारमा लाइफलाइन अस्पतालका

डा. समिर भट्टराइ, बालरोग विशेषज्ञ डा. रजनिश मिश्र, डा.सृजन अधिकारी लगायतको टोली लागि परेको थियो

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार शुरुवातमा अस्पतालले लिन मानेको थिएन । आइतवार बालकको डिस्चार्ज गर्ने क्रममा उपस्थित अधिकारी भनिन्, हामी साचि बसेर जे जस्तो अवस्था आएपनि हामी छौ भनेपछि उपचार शुरु गरिएको थियो ।

आइतवार बालकको डिस्चार्ज भएको छ । सिकिस्त आएका बालक ठिक भएर गएकाछन् । अब पुर्ण रुपमा घाँउहरु निको हुनका लागि भने केहि समय लाग्ने जनाईएको छ । डिस्जार्च गर्दा अस्पतालका अध्यक्ष डा. तीलकचन्द्र शाह सहित अस्पतालको टिम नै उपस्थित थियो । लाइफलाइन अस्पतालले निशुल्क उपचारको ब्यवस्थापन गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्तिनाथ भट्टराइले बताए ।

उपचारमा लाइफलाइन अस्पतालका डा.समिर भट्टराइ, बालरोग विशेषज्ञ डा. रजनिश मिश्र, डा.सृजन अधिकारी लगायतको टोली लागि परेको थियो । बालरोग विशेषज्ञ रजनिश मिश्रका अनुसार २० प्रतिशत भाग जलेर गम्भिर अवस्थामा वालकलाइ ल्याईएको थियो । वालकलाइ स्वस्थ बनाएर पठाउदा आफुहरुलाइ पनि खुसि लागेको उनले जनाए ।

घटना भएको पनि केहि दिनपछि आएकाले क्रिटिकल अवस्था नै रहेको थियो । अस्पतालका प्रशासक सिम्रिक गिरीका अनुसार बालकको उपचारमा कुनै कमी हुन नदिनका लागि अस्पतालको टिम नै लागेको थियो । सबैको प्रयासले नै एक बालकको ज्यान बचेको उनको भनाइ छ ।

लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष काशी खातीले गरे सहयोग

यसैबीच अति बिपन्न परिवारका नाबालकको शरिर जलेको र दैनिक रुपमा आवश्यक खानेकुराको समेत अभाव भएको थाहा पाएपछि लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष काशी खातीले अस्पताल बस्दा बिरामी तथा बिरामीको कुरुवाले खाएको सबै रकम तिरिदिने बताएका थिए । उनले आइतवार त्यो तिरिदिएकाछन् ।

उनले आँउदा दिनहरुमा अस्पतालमा देखाउन सहजहोस भनेर उक्त परिवारको स्वास्थ्य बिमा समेत गराइदिएकाछन् । अस्पतालमा नै स्वास्थ्य बिमा गराउने स्वयंसेवक बोलाएर आउदो जेठ १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य बिमा गराइदिएको खातीले बताए ।

चिकित्सकहरुले बालकलाइ छिटो घाउ निको बनाउनका लागि प्रोटिनयुक्त खानेकुरा ख्वाउनु पर्ने बताएपछि क्लवको तर्फबाट आफुले कम्तिमा पनि थप एक महिना पुग्ने अडान लगायतका दैनिक उपभोग्य सामाग्रि उक्त परिवारलाइ उपलब्ध गराउने पनि जनएकाछन् ।