दमक/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसभित्र काँग्रेसलाइ नै हराउने खेल भएको भन्दै आफ्नै नेता कार्यकर्तालाइ यस्तो कार्य नगर्न भन्दै थर्काएकाछन् ।
उनले आफैआफ लडेर नहुने भन्दै काँग्रेसले काँग्रेसले नै हराएको भन्दै कार्यकर्ताप्रति निक्कै नै आक्रोशित भएका थिए ।
काँग्रेसलाइ आफै कमजोर बनाउने र कमजोर भयो भनेर भन्ने ? आक्रोशित हुँदै देउवाले कार्यकर्तालाइ सोधे ।
उनले त्यतिमात्र भनेन् । काग्रेसलाइ तपाइहरुले नै हराएको हो, कार्यकर्तातर्फ हातले देखाउदै सिधै आरोप लगाए ।
दमकमा पार्टीको क्षेत्रिय कार्यालय उद्घाटनमा सम्बोधन गर्दै देउवाले दमकमा स्थानीय तहको निर्वाचनमा एक सदस्य पनि नजितेको प्रति इकित गर्दै यहाँ आउने सबै लागेको भए निर्वाचनमा जित हासिल हुन्थ्यो भने ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला र उद्धब थापाले देउवाको आलोचना गरेपछि त्यसमा पनि उनले आक्रोश पोखे ।
पार्टीभित्र नै एकता हुन सकेको छैन र भ्रम छर्ने काम गरिरहेकाछौ, उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा उनले ओलीको पनि कडा आलोचना गरे ।
उनले चौतर्फी कर बढाएकाले आफुले नाम नै परिवर्तन गरेर करप्रसाद ओली राखिदिएको बताए ।
काम नगर्ने र गफमात्र गर्ने प्रधानमन्त्री ओली भएको उनको टिप्पणी रहेको थियो ।
आफुले चिया मजदुरहरुको बिषयमा राम्रो निर्णय गरेको तर ओली सरकार आएर नयाँ ऐन ल्याएर अन्यायमा पारेको आरोप पनि लगाए ।
कार्यक्रममा उपसभापति बिजयकुमार गच्छदार, महाममन्त्री शंशाक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षतमा भएको थियो ।











