पथरी । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रिना बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै सोमबार संघर्ष समिति गठन भएपछि चक्काजाम फिर्ता भएको छ । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग बाणिज्य संघ पथरीकी पुर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २९ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय सोमबार सडकमा उत्रिएका ।

सडकमा टायर बालेर उनीहरुले नाराबाजी समेत गरेका छन । बिरोधका कारण पुर्बपश्चिम राजमार्ग समेत केही घण्टा अबरुद्ध भएको छ । सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका हत्यारा पक्राउ गर्न माग समेत गरेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका हुन ।