दमक /मोरगको पथरीमा तीनदिन अघि भएको रिना बस्नेतको नाँंगो अवस्थामा शव भेटिएपछि शुरु भएको आक्रोश झन्झन् बढ्दै गएको पाईएको छ ।
स्थानीयले विरोधमा सडकमा नै उत्रेकाछन्् ।
विहानैदेखि आन्दोलनमा उत्रेकाहरुले नगरपालिकामा तालबन्दि गर्नेदेखि लिएर प्रहरी कार्यालय घेर्नेसम्म गरेकाछन् ।
प्रहरीले नगरपालिकामा लगाएको ताला भने खोलिदिएको छ ।
आक्रोशित समुह सडकमा आएर पुर्वपश्चिम राजमार्ग समेत बन्द गराएकाछन् ।
घटनाको निष्पक्ष छानबिन र हत्यारा पक्राउ गरेर सार्वजनिक गर्नु पर्ने माग स्थानीयहरुको रहेको छ ।












