दमक /दमक नगरपालिकाले वालबालिकाहरुको पोषण अववस्था बारेमा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम चलाएको छ ।
कुपोषण भएका तथा हुनसक्ने बालबालिकाहरुको पहिचान गरेर उनिहरुलाइ पोषणको बिषयमा जानकारी गराउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए ।
सोमबार दमक अस्पतालमा पनि कार्यक्रमको आयोजना भएको थियो ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले कुपोषण भएका बालबालिकाहरुलाइ आरयुटिएफ वितरण गरेकी थिइन् ।
कडा कुपोषण र मध्यम कुपोषण भएका बालबालिकाहरुको खोजी गर्ने उदेश्यले कार्यक्रम चलाइएको पनि जनाईएको छ ।
शरीरलाई आबस्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिन्छ ।
चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो ।
जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ ।
यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ ।
स्मरणीय छ, शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ ।
मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ ।











