काठमाडाैं- काठमाडाैंसहित देशका विभिन्न स्थानमा भूकम्पकाे धक्का महशुष भएकाे छ। ४ दशमलब ८ म्याग्निच्युडकाे भूकम्प गएकाे बताइएकाे छ।

गुगलमा ४.७ देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडाैंबाट उत्तर पश्चिममा करिब ३३ किलाेमिटरकाे दूरीमा भूकम्पकाे केन्द्र रहेकाे फ्रान्सस्थित भूकम्प मापन केन्द्रले जनाएकाे छ।

भूकम्पकाे केन्द्र नेपाल र चीनकाे सीमा क्षेत्र रहेकाे बताइएकाे छ। भूकम्प स्थानीय समयानुसार ६ः२९ मा गएकाे हाे।

जमिनबाट करिब ५ किलाेमिटर गहिराईमा भूकम्प गएकाे हाे।

२०७२ बैसाख १२ गते गएकाे विनाशकारी भूकम्पकाे ४ वर्ष पुरा हुने पूर्वसन्ध्यामा भूकम्प गएकाे हाे। आजकाे भूकम्प साेही भूकम्पकाे पराकम्पन हुनसक्ने बताइएकाे छ।