दमक/झापाको दमकमा राधा माधव समितिमा विशेष साधरणसभा गरेर नयाँ नेतृत्व चयन भएको छ ।
संस्थापक अध्यक्ष मानबहादुर बुढाथोकीलाइ विस्थापीत गर्दै नयाँ समिति बनेको हो ।
राधा माधव समितिको विकल्प खोज्ने र संरचना लगायतको बिषयमा संस्थापक अध्यक्ष बुढाथोकीले सार्वजनिक सूचना निकालेपछि संस्थामा तंरग पैदा भएको थियो ।
संरक्षक भवानीप्रसाद दाहाल संयोजकमा निर्वाचित भएकाछन् । मंगलवार समितिको साधना भवनमा नै विशेष साधरणसभा भएको थियो ।
संस्थापक अध्यक्ष बुढाथोकी भने बिशेष अधिवेसनमा सहभागि रहनेन् ।
केहि दिन अघि विषेस अधिवेसनलाइ बैधानिक बनाउन बुढाथोकीप्रति अविश्वासको प्रस्ताव ल्याएको समेत बताइन्छ ।
सहसंयोजकमा भगवान बस्नेत, काँशी खाती, रोहित आचार्य, सचिबमा खेमनाथ भट्टराइ, कोषाध्यक्षमा दुर्गाराज भण्डारी चयन भएकाछन् ।
सदस्यहरुमा कला निरौला,देबीप्रसाद अधिकारी, शिव श्रेष्ठ, मन्जु आचार्य, लखी बस्नेत, लिला भारती र अन्जना खरेल चयन भएकाछन् ।
राधा माधव समितिका प्रदेश १ का इन्जार्ज बिरेन्द्र बस्नेतको विशेष उपस्थितिमा नयाँ नेतृत्व चयन भएको बताईएको छ ।
नयाँ नेतृत्वले जग्गादातासंग छलफल र समन्वय गर्ने पनि विशेष साधरणसभाले निर्णय गरेको पाईएको छ ।
साधरणसभामा स्वागत मन्तब्य राख्दै उपाध्क्ष खातीले जग्गादाता र साधकहरुलाइ यहाँसम्म आइपुग्न खेलेको भूमिकाको प्रशंशा गर्दै धन्यवाद दिएका थिए ।उनले थप ब्यवस्गित गरेर जान सहयोग हुने अपेक्षा राखेको पनि बताए ।
संस्थापक अध्यक्ष बुढाथोकीले निकालेको सार्वजनिक सूचना यस्तो छ -











