विष्णुप्रसाद पोखरेल
दमक । दमक नगरपालिकाले सामुदायिक बिद्यालयको शिक्षामा सुधार ल्याउनका लागि शिक्षा स्वयंसेवक परियोजना शुरु गरेको छ । दमक नगरको शिक्षा विकासमा युवा बर्गलाइ समेत साझेदार बनाएर शिक्षाको गुणस्तर बढाउनका लागि परियोजना शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिका उपप्रमुख एवं नगर शिक्षा प्रमुख गीता अधिकारीका अनुसार नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा अंग्रेजी, गणित र विज्ञान बिषयका लागि स्वयंसेवक परियोजना ल्याइएको बताउनु भयो । यसमा आवश्यक मापदण्ड पुगेका स्वयंसेवी युवाहरु सहभागि हुन पाउने अधिकारीले जनाउनु भयो ।
बैशाख महिनाभित्रै परियोजना अन्र्तगत कार्यक्रममा युवाहरु सहभागि हुने र चालु आर्थिक बर्षका लागि यसका लागि आवश्यक बजेट समेत बिनियोजन भएको जनाईएको छ । उपप्रमुख नगर शिक्षा कार्यक्रम अन्र्तगत यो परियोजना सञ्चालन हुने पनि अधिकारीले बताउनु भएको छ । यसले स्वंयसेवक युवाहरुलाइ आंशिक रोजगार समेत सिर्जना हुनेछ, अधिकारीले भन्नुभयो ।
चालु आर्थिक बर्षमा पहिलो चरण अन्र्तगत असार मसान्तसम्ममा २१ वटै सामुदायिक बिद्यालयमा सञ्चालन हुनेछ । सामुदायिक बिद्यालय अन्र्तगत अग्रेजी, गणित र बिज्ञान बिषयका लागि आधारभूत तहमा १२ कक्षा अध्ययन गरेका युवाहरु र त्यो भन्दा माथि स्नातक वा स्नाकोत्तर गरेका युवाहहरु सहभागि हुन पाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताउनु भयो ।
विद्यालय सञ्चालन भएको प्रत्येक दिन कम्तिमा ४ सेसन अध्यापन गराउनु पर्ने र घरपायक रुपमा स्वयंसेवकहरुलाइ खटाइने पनि बताइन्छ । स्वयंसेवक खाजा र यातायात खर्च बापत प्रतिदिन २ सय रुपिया पाउनेछन् । यो एउटा अवसरको रुपमा युवाहरुले लिने हामीले अपेक्षा गरेका छौ, तिम्सिनाले भन्नुभयो । सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको चाप बढ्न थालेको तर जनशक्ति कम भएकाले उक्त जनशक्तिको अभाव समेत यसबाट पुर्ति हुनसक्ने तिम्सिनाले बताउन हुन्छ ।
यहाँका अधिकाँश सामुदायिक बिद्यालयहरुका बिद्यार्थी अग्रेजी, बिज्ञान र गणितमा नै धेरै कमजोर हुने भएकाले त्यो सुधारका लागि परियोजना ल्याउनु परेको पनि दमक नगरपालिकाले जनाएको छ । यो कार्यक्रमले दक्ष युवाहरुलाइ शिक्षण पेशाप्रति आकर्षण गराउन र स्वयंसेवी भावाना जागृत गराउन सहयोग पुग्ने बताईएको छ । नगरपालिकाले अन्य ठाँउमा जागिर खान जाँदा तथा उसले चाहेको अवस्थामा यहाँ स्वयंसेवी रुपमा काम गरेको प्रमाण उपलब्ध गराउने भएकाले त्यो समेत यो कार्यक्रमको आकर्षण हुने शिक्षा शाखाको भनाइ छ ।











