काठमाडौं । मेची महाकाली अभियानमा एमालेले शनिवार चितवनमा शक्ति प्रर्दशन गरेको छ । हेटौडाबाट सुरु भएको दोस्रो मेची महाकाली अभियानको दोस्रो दिन एमालेले करिव ४० हजार नागरिक सडकमा उतारेको छ । चितवनको १५ किलोमिटर सडकमा एमाले नेता कार्यकर्ता भरिएका छन् । निरन्तर पानी परिरहेको भएपनि ४० हजारभन्दा बढि नागरिक अभियानमा सहभागि भएको एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले बताए । नारायण नदीको किनारामा हजारौ नागरिक जम्मा भएपछि एमाले कावासोतीतर्फ लागेको छ । अभियानको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगाएतका नेताहरुले गरिरहेका छन् । मेचि महाकाली अभियान अन्र्तगत राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको थियो । आफ्नो अभियानलाई निरन्तता दिँदै एमाले शनिवार चितवन पुगेको छ । चितवन हुँदै एमाले महाकाली पूग्ने तयारीमा छ । -
चितवनमा १५ किलोमिटर सडक नै ढाक्ने गरी उर्लिए जनता
सवाल नेपालसंवाददाताशनिबार, २६ फागुन २०७३

चितवनमा १५ किलोमिटर सडक नै ढाक्ने गरी उर्लिए जनता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



