विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकमा विद्यालयको लापरवाहीका कारण विद्यालयको लापरवाहीका कारण गेटले किचेर मृत्यु भएका परिवारलाइ दमक नगरपालिकाले एकलाख राहत प्रदान गर्ने र आवासका लागि घर उपलब्ध गराउने निर्णय गरेको छ । गत फागुन १५ गते जनता आधारभूत बिद्यालय दमक १० मा बिद्यालयको गेट ढल्दा बिद्यार्थी विजेन्द्र हेमरनको घटनास्थलमा नै ज्यान गएको थियो ।
नगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनको आधारमा नगरपालिकाको बोर्ड बैठकले पीडित परिवारको बिपन्नता ख्याल गरी १ लाख सहयोग उपलब्ध गराउने बिद्यालयलाइ पनि यथासक्दो सहयोग गरिदिन अनुरोध गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनु भयो ।
कार्यापालिकाको बैठकले पीडित परिवार घरजग्गा विहिन अति बिपन्न देखिएकाले नगरपालिकाको बिपन्न आवास नीति अनुसार बसोबासको ब्यवस्थ ागर्न प्राथमिकता दिने भन्ने निर्णय भएको छ । नगरपालिकाले दमक १ मा बिपन्न आवास निर्माण शुरु गरेकाले यो परिवारलाइ यहि राख्न सकिने बताइन्छ ।
नगर भित्रका सबै बिद्यालयहरुको भवन, पर्खा, गेट, रुख विरुवा, धारा, पंखा, डेक्सबेन्च लगायतका पुर्वधारहरुको अवस्था अनुगमन गर्नका लागि सम्बन्धित शिक्षा शाखालाइ निर्देशन दिने समेत नगरपालिकाले निर्णय गरेको बताईएको छ ।
दमक नगरपालिका उपप्रमुख एवं नगर शिक्षा प्रमुख गीता अधिकारीका अनुसार विद्यालयको संरचनाले किचेर कोहि पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस भनेर हामी सबैमा सचेत हुनु पर्ने अवस्था देखिएको छ ।











