खातीका अनुसार उनको नागरिकतामा जन्ममिति २००७ साल ८ महिना १७ गते रहेको छ । अबको केहि महिनामा नै ७० पुग्ने अवस्था रहेको पाईएको छ । म आवश्यक सहयोग गर्छु, खातीले भने
विष्णुप्रसाद पोखरेल
दमक/उमेरले ७ दशक छेउ पुगेकीछन् । कान राम्रोसंग सुन्न सक्दिनन् । प्रेसर र सुगरको समस्या पनि छ । तर परिश्रम गर्ने आँट र हिम्मत भने कम छैन । यो उमेरमा पनि अहिले उनि मकै पोलेर उपभोक्तालाइ ख्वाइरहेकीछन् ।
दमक ७ की रत्नमाया राइका दुइ छोरा थिए जसको मृत्यु भइसकेको छ । छोरीहरु आआफ्नो घर गएकाछन् र आमालाइ हेर्न उनिहरुलाइ फुर्सद छैन । श्रीमान्ले पनि अर्कै विवाह गरेर गएको बर्षौ बितिसकेको छ । उनि एक्लीछन् र पालिनका लागि मकै पोल्ने गर्छिन् । १० देशि २० घोका मकै पोलेर आएको पैसाले हातमुख जोड्छिन् ।
कानमा किरो कुदेजस्तो अहिले पनि हुन्छ । शुरुमा त अस्पताल पनि गइन तर अब निको हुँदैन भन्ने हरेश खाइन् । अहिले पनि कानमा किरा कुदेजस्तो हुने गरेको बताइन् । यो दुखको साटो बृद्धाश्रम बस्ने हो ? उनले अहिले नबस्ने भन्ने जवाफ दिइन् ।

लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काशी खातीले मकै खाँदै उनको जीबन बुझ्ने प्रयास गरे र सोधे, अनि के गर्नुहुन्छ त ? सधै यसरी हुन्छ ? उनले जवाफ फर्काइन्, बृद्धभत्ता खानेभने रहर छ तर मलाइ कसैले पत्याउदैन ।
उनले तत्कालै भने, आमा म तपाइलाइ सहयोग गर्छु र उ मेर पुगेको छ भने नगरपालिकामा गएर पहल गर्छु । उनले भोलीपल्ट नागरिकता ल्याउने भनिन् । खातीका अनुसार उनको नागरिकतामा जन्ममिति २००७ साल ८ महिना १७ गते रहेको छ । अबको केहि महिनामा नै ७० पुग्ने अवस्था रहेको पाईएको छ । म आवश्यक सहयोग गर्छु, खातीले भने ।
दमक नगरपालिकाकी उपप्रमुख अधिकारीसंग महिलाको अवस्थाको बिषयमा कुरा राख्दा तत्कालै स्वास्थ्य बिमा गरिदिने र उमेर पुग्नसाथ बृद्धभत्ताका लागि आवश्यक प्रक्रिया गरिदिने बताइन् । उनले बृद्धआश्रममा राख्न पनि सकिने बताइन् ।











