दमक
सरकारले नीति तथा कार्यक्रम ल्याउने अन्तिम तयारी गरेको छ । नीति तथा कार्यक्रमपछि बजेट आउने गर्दछ । बर्तमान सरकारले धेरै महत्वकाक्षी योजनाहरु अघि सारेकाले त्यसलाइ पुरा गर्न कस्तो बजेट आउला चासो बिषय बनेको छ ।
सबैभन्दा बढि बृद्धभत्ता बढ्ला की नबढ्ला भन्नेमा बहस भएको छ । प्रधानमन्त्री केपी ओली देखि लिएर मन्त्रीहरुले समेत बढाउने बताउदै आएकाछन् । यद्यपी नीजामती कर्मचारीको तलवको बिषयमा भने अहिलेसम्म कसैले मुख फोरेको छैन ।
२० देखि ५० प्रतिशतसम्म तलव तथा सुविधा बढाउनका लागि ट्रेड युनियन तथा कर्मचारी सम्बद्ध कर्मचारीहरुले बताउदै आएकाछन् । तर सरकारको घारणा भने आउन सकेको छैन । यस बिषयमा मन्त्रीहरु चुइक्क बोलेका छैनन् ।
गतबर्ष भने एकपैसा तलव नबढेकाले यो पटक तलव बढ्नेमा कर्मचारीहरु धेरैनै आशाबादी रहेकाछन् । उनिहरु कम्तिमा पनि २० प्रतिशत तलव बढ्नेमा ढुक्क रहेकाजस्ता देखिन्छन् । स्थायी सरकार नीजामती कर्मचारीलाइ खुसि बनाउन सरकारलाइ पनि चुनौती रहेको छ ।











