दमक/संघीय समाजबादी फोरम नेपालको प्रदेश नं. १ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएकाछन् ।
बिराटनगरमा भएको अधिवेसनमा उनि निर्वाचित भएकाहुन् । राती अबेर मतगणना सकिएकाले औपचारिक घोषणा भने हुँन बाँकी रहेको छ ।
चाम्लिङले पार्टीको संगठन विस्तारमा जोड दिने बताए । उनले आफुलाइ जिम्मेवारी प्रदान गर्नेप्रति आभार पनि प्रकट गरेकाछन् ।
उनले निर्वाचन प्रक्रियाबाट निर्वाचित भएपनि कसैप्रति पनि भेदभाव नगरी सबैलाइ समेटेर लैजाने जनाए ।
चाम्लिङ दमकका स्थायी बासिन्दा हुन् । उनि यसभन्दा अगाडि राजनीतिक समिति सदस्यको रुपमा रहेका थिए ।











