दमक/करिब १० करोड खर्च भइसकेको दमक बसपार्क सञ्चालन तथा ब्यवस्थापनका लागि दमक नगरपालिकाले समिति निर्माण गरेको छ ।
नगरपालिकाको बोर्ड बैठकले समिति बनाएको हो ।
समितिको संयोजकमा वडा नं. ६ का वडासदस्य कमलकुमार श्रेष्ठलाइ जिम्मेवारी दिइएको छ ।
डेढ दशक अघि धुलाम्मे र हिलाम्मे रहेको बसपार्क निर्माणको काम ६ बर्षअघि देखि भएको थियो ।
पुराना यातायात ब्यवसायी गंगा सिटौलालाइ सहसंयोजकको जिम्मेवारी दिईएको पाईएको छ ।
सचिब मोहनकुमार बगाले, सह सचिब नबिनकुमार श्रेष्ठ, कोषाध्यक्ष चनमती राइ रहेकाछन् ।
यसैगरी सदस्यहरुमा निर्मला केसी, यामजी श्रेष्ठ, हेमन्त थापा, हिरा श्रेष्ठ र विष्णु पाठक रहेकाछन् ।
बसपार्कको ब्यवस्थापन र सञ्चालनको काम अब यस समिति मार्फत हुने बताईएको छ ।
बसापार्क सञ्चालन तथा ब्यवस्थापन कार्यविधि समेत नगरपालिकाले बनाइसकेको बताइन्छ ।
कार्यविधि अनुसार नै समितिले काम गर्ने जनाइन्छ ।
तीर्थराज बस्नेत शंकरको अध्यक्षतामा निर्माण उपभोक्ता समिति रहेको छ ।
यसैले बसपार्कको ब्यवस्थापन तथा बजेट ल्याउनका लागि पहल गर्दै आएको थियो ।











