काठमाडौँ । नेपालका दशौँ शाहवंशीय राजा हुन वीरेन्द्र वीर विक्रम शाह । वि.सं. २०२८ देखि २० ५८ सालसम्म उनले नेपालमा आफ्नो शासन चलाएका थिए ।

उनको दुई भाइ छोरा युवराज दिपेन्द्र शाह र अधिराजकुमार निराजन शाहा र एक छोरी अधिराजकुमारी श्रुती रहेका थिए । उनको दुई भाइ पनि थिए । धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह । धिरेन्द्रको दरबार हत्याकाण्डमा निधन भयो भने ज्ञानेद्र जिवितै छन् । राजा वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ गते भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रारम्भिक शिक्षा दरबारमा नै प्राप्त गरेका उनले माध्यमिक शिक्षा भारतको दार्जीलिङ सेन्ट जोसेफ कलेजमा पढेका हुन् । माध्यमिक तहको पढाइ पुरा गरेपछि उनले बेलायतको इटन कलेजमा अध्यन गरेपछि थप अध्यनको लागि जापान र अमेरिका पुगेका थिए । त्यसपछि उनले राज वि.सं २०२२ मा ऐश्वर्यसँग विवाह गरे ।

राजा विरेन्द्रकै पालामा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा पुन प्रजातन्त्रको पुनर्वहाली भयो । पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था गर्दा जनतालाई जनमत संग्रको घोषणा भएको थियो ।

त्यसपछि नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वमाझ राखेर विश्वसामु शान्तिबादी राजाको छबी बनाएका वीरेन्द्र विर विक्रम शाहको वि.सं.२०५८ सालमा रहस्यमयी ढंगबाट पारिवारिक जमघटको समय मिलाएर हत्या भयो । त्यसपछि विभिन्न राजनितिक दलहरु बहुसंख्यक सामाजिक समस्याहरुको बीचमा झण्डाहरु उठ्न थाले र नेपालमा गृहयुद्ध सुरु भयो । माओवादी विद्रोह र सरकारी शक्तिहरु बीचको विवाद चुलिदै गएपछि वि.सं. २०५६ देखि २०५१ सालसम्म युद्ध चलिरह्यो । मिडिया एनपी बाट साभार