दमक/झापाको भद्रपुर नगरपालिकाले जिल्ला समन्वय समिति झापाका कर्मचारीहरु समायोजना गरेर पठाउन लागिएपछि हाजिर हुन नदिने निर्णय गरेको छ ।
५ जना कर्मचारीहरु यसभन्दा अघि नै आएको अवस्थामा त्यो सहित ११ जना पठाउने निर्णय भएको थाहा पाउन साथ नगरपालिकाले त्यस्तो निर्णय गरेको बताइन्छ ।
नगर प्रमुख श्रेष्ठले हाजिर हुन नदिने निर्णय भएको जनाउदै यस बिषयमा जिल्ला समन्वय समिति र मन्त्रलायलाइ जानकारी गराइने बताए ।
यस्तो छ शनिबार विहान नगरपालिकाको बोर्ड बैठकको निर्णय-
०७६/१/२१ गते बिहान ७ बजे नगरपालिका बैठक कक्षमा नगरकार्यपालिका बैठक बसि निम्नानुसार निर्णय गरिएको छ।
कर्मचारि समायोजन सम्वन्धमा:- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारि समायोजन भई अधिकृत स्तर ४,सहायक स्तरको७ गरि जम्मा ११ जना कर्मचारी भद्रपुर नगरपालिकाको स्वीकृत दरबन्दी समायोजन भई आएको अवस्थामा साविक जिबिस नियुक्ति भै हाल भद्रपुर नगरपालिका अधिकृत स्तर २ , सहायक स्तर ३ र कार्यालय सहयोगी ५ तथा हसचा १ गरि ज्मा ११ जना कर्मचारि समायोजन भएको भन्ने बुझिएको हुदा नगरपालिकाको लागि स्वीकृत दरबन्दी भन्दा बढि कर्मचारिलाई हाजिर गराई कामकाज लगाउन नसकिने हुनाले साविकमा जिससबाट कामकाजको लागि खटाई नगरपालिकामा नियमित हाजिर भै तलब भत्ता प्राप्त गरिरहेका अधिकृत स्तर २, सहायक स्तर २ ,र कार्यालय सहयोगी १ गरि ५ जनालाई मात्र समायोजन गरि पठाउन र अन्य कर्मचारिहरुको लागि यस नगरपालिकामा स्वीकृत दरबन्दी रिक्त नरहेको हुदा निजहरुलाई हाजिर गराई कामकाज लगाउन नसकिने ब्यहोरा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिसस झापामा अनुरोध सहित जानकारि गराउने निर्णय गरिएको छ।











