काठमाडौँ। नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले लामाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नआएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।

निगमको दुबई उडान स्थगित भएपछि लामाले केही मिडिया तथा सामाजिक सञ्जालमा आफूलाई ‘निद्रा नलाग्ने’, ‘मानसिक तनाव’ रहेको जस्ता अभिव्यक्ति दिनुभएको थियो । लामाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उहाँको लाइसेन्स तत्कालका लागि ‘सस्पेन्स’ गर्ने निर्णय गरेको हो । “उहाँ (क्याप्टेन लामा)ले रेडियो, युट्यूब च्यानल तथा फेसबुकतिर आफूलाई निद्रा नलाग्ने, ‘स्ट्रेस’ हुन्छ भन्ने अभिव्यक्ति दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाम्रो नियमअनुसार स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । उहाँले हामी (क्यान) लाई रिपोर्ट गराउनुभएन, यसबारे स्पस्टिकरण पनि चित्तबुझ्दो नआएपछि प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल जहाज उडानमा रोक लगाइएको हो,”–प्राधिकरणका एक वरिष्ठ अधिकारीले रासससँग भन्नुभयो ।

प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै ‘लामालाई जहाज उडाउन किन दिने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।यी सब घटनाक्रम पछी क्याप्टेन विजय लामा पुन मिडियामा आएका छन । उनले अन्तर्वार्तामा जनताले बोल्नु पाउने अधिकार रहेको पनि स्पष्ट पारे । आगामी दिनमा पनि यदि कुनै गलत कुरा भैरहेको छ भने फेरी बोल्ने बताए ।पुरा कुराकानी हेर्नुहोस :