काठमाडौं, २१ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको दावी गरेका छन्् । राष्ट्रपतिले मेरो सरकार भन्नु राजर्षी ठाँट नभई अन्तर्राष्ट्रिय अभ्यास भएको भएको उनले बताए । नबुझेकाहरुले वा बुझिबुझी विरोध गर्नेहरुले यसलाई मुद्दा बनाएको भन्दै रक्षात्मक हुनु नपर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपतिका लागि सरकार जसको बने पनि मेरो सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मा त २१ पटक भन्नु भएछ । भारतमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले त कम्तिमा ६३ पटक मेरो सरकार (माई गभमेन्ट) भन्नु भएको छ ।’

भारतमा कांग्रेसको पालामा राष्ट्रपति प्रणव मुखर्जीले भाजपा सरकारको पालामा समेत मेरो सरकार भनेको उनले सुनाए । त्यो सम्बोधन यूट्युबमा पाइने भन्दै उनले सांसदहरुलाई भने, लाइभ सुनाई दिऊँ ?’ सांसदहरुले गलल हाँसेपछि ओलीले इच्छा हुनेहरुलाई आफैं सुन्न आग्रह गरेका छन् ।

शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । त्यसलाई लिएर विभिन्न टिप्पणीहरु भएपछि प्रधानमन्त्री ओलीले स्पष्टोक्ति दिएका हुन् । बौद्धिक वर्गले समेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा आफूलाई आश्चर्य लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिप्रश्न

प्रधानमन्त्री ओलीले विश्वको कुरा थाहा नपाए पनि ‘छिमेकी मुलुक भारतको कुरा बौद्धिक वर्गले थाहा नपाउनु दुःखद्’ भएको बताएका छन् ।

मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन भएकाले यसलाई उचाल्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले भर्खरै राजतन्त्र गएकाले कसै–कसैलाई झ–झल्को लाग्नु स्वाभाविक भएको भन्दै ‘मेरो सरकार’ नभनेर राष्ट्रपतिले ‘कसको सरकार भन्ने ?’ भनी प्रतिप्रश्न गरे ।

‘सचिवालयको दुरुपयोग’ प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास खर्च योजना आफूले नमागेको प्रष्टीकरण दिए । ‘जिल्लाका केही साथीले आफ्नो सचिवालयको दुरुपयोग गरेको’ प्रति उनले दुःख व्यक्त गरेका छन् ।

आफूले गल्ती भएको भन्दा समेत केही सञ्चारमाध्यम पछि लागेको भन्दै उनले राजनीति गर्ने अरु विषय पनि भएको भन्दै टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने र गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी समेत दिए । नया पेज बाट