विष्णुप्रसाद पोखरेल

दमक/ पुर्वी पहाडि जिल्ला तेह्थुम आठराइ गाँउपालिका वडा नं. २ निवासी २६ बर्षिय मनकुमार लकान्द्री उपचार नपाएर तडपिएर बस्न बाध्य भएकाछन् । दैनिक औषधि खानका लागि उनि रापिलो घाममा झापाको सडकहरुमा दौडिरहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०७४ साल चैत २७ गते काठमण्डौको पेप्सीकोलामा भएको बा ५ ख २०९ नम्बरको बस दूर्घटनामा टाँउको, हात र कुममा गहिरो चोट लागेर दूइदिनपछि होस आएका उनलाइ यातायात ब्यवसायीले उपचार नगरिदिदा समस्या भएको हो ।

दाहिने हात एकपट्टी चल्दैन, हातमा खुट्टाको नशा ल्याएर जोडेकाले खुट्टामा पनि समस्या रहेको छ । टाँउको र घाँटीमा पनि समस्या रहेको छ । अन्नपूर्ण यातायातको बस चलाउने उनका एउटा नाबालक र एउटा ४ बर्षिय छोरा पालनपोषणमा समेत समस्या रहेको छ । अहिले उनि झापाको सुरुगामा ७० बर्षिय हजुरआमाको साथमा बस्दै आएकाछन् ।

मेरो मृगौला कसैले लगेर उपचार खर्च दिएपनि हुन्थ्यो, म दिन तयार रहेको छु, लकान्द्रिले भने । उनले आफ्नो कुरा कसैले नसुनिदिएकाले मर्ने अवस्था आएको समेत बताए । हामी गरिब र दलितको कुरा कसैले पनि नसुन्ने रहेछ, हजुर कहिलेकाहि त आत्महत्या नै गरौजस्तो लाग्छ तर परिवार सम्झेर बाँचेको छु, उनले भने । उपचारका लागि १० देखि १५ लाख लाग्ने बताईएको छ ।

उपचार गर्नको सट्टा सम्बन्धित यातायात ब्यवसायीले बारम्बार मिलापत्र गर्न दबाब दिएको समेत उनको भनाइ छ । उनले आफ्नो जीबन रक्षाका लागि नेपाल सरकार, प्रदेश सरकार लगायत सबैलाइ सहयोगका लागि आग्रह पनि गरकोछन् ।

लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काशी खातीले उनको समस्याको बिषयमा तत्काल चासो दिएर दुर्घटना भएको नजिकको प्रहरी कार्यालयका प्रहरी प्रमुखलाइ फोन गरेर उपचारको ब्यवस्था गर्न सम्बन्धित यातायात ब्यवसायीलाइ ल्याएर सहयोग गरिदिन आग्रह गरेकाछन् ।

हाडजोर्नी बिशेषज्ञ डा. मनोज शाहले यसो भने

उनको अहिलेसम्मका उपचारको रिर्पोट लाइफलाइन अस्पतालका डा. मनोज शाहले हेर्दै यहाँ उपचार सम्भव नभएको बताए । उनले पहिला गरेको ठाँउमा नै उपचार गर्न वा अझ राम्रो ठाँउमा जान सल्लाह दिए । काखीमुनीका कुनै पनि नशा सक्रिय नभएकाले समस्या भएको उनको भनाइ थियो ।