बिपद् ब्यवस्थापनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैह् सरकारी निकायसंग समन्वय र सहकार्य गरी अत्यआवश्यक पर्ने दमकल, एम्बुलेन्स, हेभी इक्वीप्मण्टका साधनहरु , अस्पताल लगायतका निकायहरुको लगत दुरुस्त राखेर हाइ अलर्टमा रहन निर्देशन दिने निर्णय गरेका छौ, दाहालले भने

विष्णुप्रसाद पोखरेल दमक । झापामा बिपद् ब्यवस्थापनका लागि अग्रिम तयारी शुरु गरिएको छ । जब बिपिद आइलाग्छ त्यो समयमामात्र लाग्ने परिपाटीको अन्त्य गर्दै झापाका प्रमुख जिल्ला अधिकारी एवं बिपद् ब्यवस्थापन समिति झापाका संयोजक जनकराज दाहालले पुवर्व तयारीका लागि प्रयास शुरु गरेकाहुन् ।

दाहालका अनुसार जिल्लाभर रहेका ग्रेडर, जेसीबी, रोलर, क्रेन लगायतका औजारहरुलाइ दुरुस्त अवस्थामा राख्ने र यसका चालकहरुलाइ बिदा नदिने समेत निर्णय भएको छ । यसले बिपद्का समयमा तत्काल राहतका लागि सहयोग पुग्ने भएकाले नीजि तथा सरकारी सबैमा यो निर्णय लागु हुने पनि उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिपद् ब्यवस्थापनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैह् सरकारी निकायसंग समन्वय र सहकार्य गरी अत्यआवश्यक पर्ने दमकल, एम्बुलेन्स, हेभी इक्वीप्मण्टका साधनहरु , अस्पताल लगायतका निकायहरुको लगत दुरुस्त राखेर हाइ अलर्टमा रहन निर्देशन दिने निर्णय गरेका छौ, दाहालले भने । सबै स्थानीय तहहरुले बिपद् ब्यवस्थापन कोष बनाएको र तयारी गरिरहेको जानकारी गराएका थिए ।

बिभिन्न खोलाबाट अति प्रभावित रहेका स्थानीय तहहरुले लाइफ ज्याकेट, नाँउ र बोटको ब्यवस्थानका साथै दक्ष चालकहरुको ब्यवस्थापन गर्ने भएकाछन् । बाढी आउने समयमा (जेठ देखि भदौ) करारमा भएपनि नाँउ तथा बोट चलाउन जान्ने चालकहरु खोजेर राख्ने बिषयमा छलफल भएको र स्थानीय तहहरुले यसलाइ स्वीकार गर्दै आवश्यक तयारी गर्ने बताएको दाहालले बताए ।

बिपद् ब्यवस्थापनलागि भएका प्रयास तथा बिपद् जोखिमको बारेमा सबै स्थानीय तहहरुले कार्ययोजना ल्याउने निर्णय गरेको पनि उनले जानकारी दिए । पुर्व तयारी कस्तो छ ? बिपद् भएको अवस्थाको के गर्ने ? र बिपद् आइसकेपछिको तयारी ? कस्ताछन् यसकोे योजना अब हरेक स्थानीय तहले बनाएर समितिमा पेस गर्नु पर्नेछ ।

जिल्लाका १५ वटै स्थानीय तहहरुले बिपद् ब्यवस्थापनका लागि तोकिएका फोकल पर्सनहरुलाइ हाइअलर्टमा राख्ने, बिपद् ब्यवस्थापन कोष परिचालनका लागि आवश्यक नीति, नियम र कार्यविधिहरुलाइ दुरुस्त राख्ने लगायतका बिषयहरुमा छलफल भएर निर्णय भएको बताईएको छ । स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु सहभागि बैठकले बिपद्संग जुध्नका लागि आवश्यक निर्णयहरु लिएको बताइन्छ ।

यसैगरी तत्काल खाद्य सामाग्रिहरु उपलब्ध गराउनु पर्ने अवस्था आउने भएकाले स्थानीय उद्योग बाणिज्य संघहरुसंग समन्वय गरेर खाद्यन्नका लागि समझदारी पत्र (एमओयु) गर्ने, त्रिपाल तथा आवश्यक पर्न सक्ने लत्ताकपडाहरुको ब्यवस्थापन अग्रिम रुपमा गर्ने पनि निर्णय भएको उहाँले जानकारी दिनु भयो । यो बिपद्को समयमा मात्र लिने गरी सम्झौता गर्ने हामीले निर्णय गरेका हौ, दाहालले भन्ने ।