विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभाले विराटनगरलाई नै राजधानी बनाउने निर्णय गरेको छ । प्रदेशसभाको तेस्रो अधिवेशनको अन्तिम दिन सोमवार सर्वसम्मतिले प्रदेशको राजधानी विराटनगर बनाउने निर्णय गरेको हो ।

लामो समयसम्म विवादित रहेको प्रदेशको राजधानी तोक्ने विषयमा कांग्रेस र सत्तारुढ दलबीच ठूलो रस्साकस्सी हुँदै आएको थियो । तर सभामा आज भएको मतदानमा बहुमत सांसदहरूले विराटनगरलाई नै राजधानी बनाउने निर्णय गरेका हुन् । लोकान्तर बाट