दमक/प्रदेश नम्बर एकको नाम कोशी राख्ने अन्तिम तयारी रहेपनि यसलाइ केहि समय होल्ड गरिएको बताईएको छ । तिब्र विरोध र असन्तुष्टि आउने भएपछि यसलाइ मुख्यमन्त्री शेरधन राइ सहित नेकपाका नेताहरुको सल्लाहमा नै केहि समय होल्ड गरिएको श्रोतको भनाइ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नाम र राजधानीको बिषय एकैसाथ टुंगो लगाउने तयारीमा प्रदेश सरकार रहेपनि अन्तिम समयमा राजधानीको भने टुंगो लागेको छ । नाम भने कोशी नै राख्ने बिषयमा मोटामोटी सहमति भएपनि सगरमाथा र किरात नाम पनि बहसको बिषय बनेसंगै तत्काललाइ नामको बिषयमा सहमति हुन नसकेको बताइन्छ ।

कोशि वा सगरमाथा भएपनि किरात जोडन मुख्यमन्त्री राइलाइ दबाब रहेको बताइन्छ । किरात नाम जोड्नु पर्ने माग तिब्र रुपमा उठेपछि यो बिषय तत्काललाइ रोकिएको प्रदेश सभाका एक सदस्यले बताए । बैशाख पहिलोसाता नै प्रदेशले नाम र राजधानी पाउने दाबी गरेका मुख्यमन्त्री राइ सहितका मन्त्रीहरु आफुहरुको भनाइ पुरा नभएपछि जनतामाझ कसरी जाने भन्नेमा पनि चिन्तित रहेकाछन् ।

कोशी नामकरणको बिषयमा एक इतिहासबिदको यस्तो छ भनाइ-