विष्णुप्रसाद पोखरेल

दमक/ सरकारी दमक अस्पतालमा बुधबारदेखि प्रसुती र फार्मेसी सेवा शुरु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालले सेवा विस्तारको क्रममा प्रसुती र फार्मेसी सेवा शुरु गरेको अस्पताल विकास समिति अध्यक्ष एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।

श्रोत साधनको अभावकोबीच यस क्षेत्रका नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बनेर आफुहरुले यो सेवा शुरु गरेको पनि उनले जनाइन् ।

अभावलाइ पुर्ति गर्दै सेवालाइ गुणस्तरीय बनाउने प्रयास जारी रहन्छ, उनले भनिन् ।

प्रदेश सभा सदस्य अर्जुन राइले सेवाको औपचारिक उद्घाटन गरे ।

उनले सेवा शुरु हुने खुसिको बिषय भएको भन्दै निरन्तरता चुनौती भएको उल्लेख गरे ।

उनले गुणस्तरीय सेवामा दत्तचित्त भएर लाग्न आग्रह पनि गरे ।

प्रादेशिक स्वास्थ्य निर्देशानलय प्रदेश नं. १ का प्रमुख डा. भोगेन्द्रराज डोटेलले अस्पतालको स्तरबृद्धिमा सहयोग गर्ने आश्वसन दिए ।

उनले यस प्रकारका अस्पतालमा कमैमात्र यो सेवा हुने गरेको पनि बताए ।

अस्पतालका सुपरिटेन्डेन्ट मनिषकुमार शर्माले शल्यक्रियाका लागि आवश्यक श्रोत साधन नरहेको जनाए ।

चुनौतीको माझमा आफुहरुले सेवा शुरु गरेको भन्दै सबैले सहयोग गर्नेमा आशाबादी रहेको उनको भनाई थियो ।

अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराइले सञ्चालन गरेको कार्यक्रममा दमकका अस्पतालका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्षहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।