दमक÷नेकपा एमालेका अध्यइा एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेले मूलकमा हिँसा मच्चाउन चाहानेहरुले त्यो नपउदा छटपटि भएको बताएकाछन् । मूलकलाइ तहसनहस बनाउने दाउमा रहेका अपराधिक समुह अहिले सक्रिय रहेको र एमालेमाथि धावा बोलिरहेको जनाउदै ओलीले यस्तो बताएकाहुन् । मेची महकाली राष्ट्रिय अभियानलाइ सम्बोधन गर्दै ओलीले भने–‘हिजो एउटा रुवान्डा थियो, आज छ वटा भइसके । युगोस्लाभियामा कट्टु लगाउने कपडा छैन तर एके ४७ बन्दुक भिराइयो । जातिजातिका बीचमा मारकाट भयो । नेपालले त्यसलाई अस्वीकार गरयो । त्यही भएर कतिपयलाई छटपटी भएको छ ।’ देशका समस्या पहिचान गर्न र तिनको समाधान गर्नका लागि एमाले सक्षम रहेको ओलीको भनाइ रहेको थियो । तिनै नीतिहरुका कारण आज एमाले लोकप्रिय बनेको जनाउदै ओलीले भने– ‘एमालेलाई काला झण्डा हेर्ने फुर्सत छैन, देश निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ । केही तत्वहरु देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न चाहन्छन् । नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ ।’ ओलीले मधेसी मोर्चांले अहिलेसम्म १ सय ८१ जना मराएको छ, दुई सय जना मारेको जनाउदै मान्छे मार्न र मराउन छाडेर एमालेको अभियानमा हिठन् आग्रह गरे । उनले भने–‘म आह्वान गर्छु, आउनुहोस्, समृद्धि र विकासमा बाटोमा लागौँ, आफ्नोृ गलत नीति छाड्नुस् ।’ मधेशी मोर्चाका नेताहरु बारम्बार भारत जाने गरेको बिषयमा टिप्पणी गर्दैै ओलीले भने–‘मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन् । उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् । हामीलाई युपी जाऊ, विहार जाऊ भन्यो भन्छन् । मैले भन्नैपर्दैन, हप्ता, १५ दिनमा आफै्रँ गएकै छन् ।’
मधेशी मार्चालाइ ओलीले भने-मान्छे मार्ने र मराउने काम छाड्नुहोस संगै अघि बढौ
सवाल नेपालसंवाददातामंगलबार, २९ फागुन २०७३

मधेशी मार्चालाइ ओलीले भने-मान्छे मार्ने र मराउने काम छाड्नुहोस संगै अघि बढौ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



