समाचार टिप्पणी

विष्णुप्रसाद पोखरेल

दमक/झापाको दमकमा कुवा, पैनीहरु मासिएकाछन् । दीपेनी खोला ढलमा परिणत भएको छ । खोला मिचेर पक्की संरचनाहरु बनाईएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर यसमा अहिलेसम्म कसैको वास्ता जान सकेको छैन ।

दमकमा रहेका सार्वजनिक तथा सरकारी जग्गाहरुको लगतसमेत नगरपालिकासंग नभएको र खोज्ने प्रयास भइरहेको बताइदै आएको छ ।

अहिले संघीय सरकारले सार्वजनिक तथा सरकारी जग्गा खोजी गरेर ब्याक्तिको नाममा गएको भए फिर्ता ल्याउने निर्णय गरिसकेको छ ।

अब दमकमा पनि यस्तै कदम चालिनु जरुरी रहेको छ ।

दमकमा गन्यमान्य र आफुलाइ अब्बल सामाजिक तथा राजनीतिक नेतृत्व मान्नेहरुले हिजो खडेरी बनाएर सार्वजनिक तथा ऐलानी जग्गाहरु बेचेको भनेर चर्चा हुन्छ ।

वास्तविकता के हो ? हिजो दीपेनी खोलाको जग्गा कति थियो ? खोलामाथि अहिले कहाँ कस्कस्ले संरचना बनाएकाछन् ?

पुराना पैनी तथा खोल्साखोल्सि कहाँ र कति थिए त्यो खोज्नु आवश्यक छ ।

पुराना सिमसारदेखि लिएर सार्वजनिक जग्गाहरु अधिकाँश ठाँउमा मिचिएको भनेर बारम्बार बहसको बिषय बन्छ तर खोज्ने काम भएको छैन ।

रतुवा खोलाको बगर समेत अहिले कब्जा भइसक्न लागेको अवस्था छ ।

अब कहिलेसम्म यो हेरेर बस्ने हो दमक सरकारले ? तत्काल कदम चाल्नु जरुरी छ ।