विष्णुप्रसाद पोखरेल

दमक/झापाको कन्काइकाइ नगरपालिकातर्फ कन्काइ पुल नजिकै पुर्व पश्चिम राजमार्गमा बिस्फोटक पदार्थजस्तै शंकाश्पद बस्तु भेटिएपछि यातयातका सवारी साधन चल्न सकेका छैनन् । प्रेसर कुकुरमा तार बाहिर देखाएर राखिएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रेसर कुकर बम भएको हुनसक्ने भन्दै उक्त स्थललाइ सुरक्षाकर्मीहरुले घेरा हालेर राखेको र केहिबेर अघि नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ आइपुगेको बताईएको छ ।

सुरक्षा श्रोतका अनुसार संगै पम्लेटहरु भेटिएकाछन् र यस बिषयमा अनुसन्धान भइरहेको छ । सम्भावित जोखिमलाइ ख्याल गरेर यातायातको सवारी साधन र आसपासमा हिडडुल गर्न रोकिएको पनि जनाईएको छ ।