दमक/ झापाको कन्काइ नगरपालिकामा कन्काइ पुल नजिकै राजमार्गमा राखिएको प्रेसरकुकुर सहितको बिस्फोटक पदार्थ डिस्पोज गरिएको जनाईएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घरायसी रुपमा बनाईएको बिस्फोटक पदार्थ जिलेटिन रहेको बताइन्छ । बिहान ६ बजेदेखि पुर्वपश्चिम राजमार्ग नै बन्द भएको थियो । अढाइ घण्टापछि यो डिस्पोज भएको हो ।

अहिले सवारी साधनहरु चल्न थालेको र जनजीबन पनि सामान्य बनेको बताईएको छ ।

कनकाई नगरपालिका–२ स्थित कनकाई पुलको दायाँतर्फ तारले बेरिएको कुकर भेटिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।