विष्णुप्रसाद पोखरेल

दमक/झापाको दमकमा कुलो तथा पैनी र सार्वजनिक जग्गाहरु मिच्ने क्रम अझै रोकिएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका केहि नाम चलेका र प्रतिष्ठित ब्याक्ति तथा संस्थाहरुले नै खोला तथा पुराना पैनी र होलीहरु मिच्दै आएको पाइन्छ ।

पछिल्लो समयमा दमक १ मा सीपेनी होली मिचेर जग्गा खण्डिकरण हुन थालेको भन्दै स्थानीयले नगरपालिकामा समेत उजुरी दिएकाछन् ।

दीपेनी त खोला नभएर ढल बनिसकेको अवस्था रहेको छ ।

दमकको रातेहोली पनि मिचिएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार सिपीनी, दिपिनि र राते होलीको अधिकार क्षेत्र कायम गरिएको छ ।

उनका अनुसार होली तथा खोला क्षेत्रमा न्यूनतम २० फिट चौडाइ र अधिकतम नक्सा बमोजिम होलीको चौडाइ कायम गर्ने निर्णय भएको छ ।

यसलाइ कार्यन्वयनमा ल्याइने उनले जानकारी दिए ।