विष्णुप्रसाद पोखरेल
दमक । रतुवा र मावा खोलाको बीचमा रहेको दमक नगरपालिकाले वातवण र बिपद् ब्यवस्थापनमा अनिवार्य रुपमा ५ प्रतिशत बजेट बिनियोजन गर्ने भएको छ । नयाँ बजेट निर्धारणको बिषयमा नगर बोर्ड बैठकले गरेको निर्णय र वार्ड कार्यालयहरुलाइ गरेको निर्देशनमा यस्तो पाईएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार अब वार्ड कार्यालयहरुले समेत योजना छनौट गर्दा अनिवार्य रुपमा वातवरण र बिपद् ब्यवस्थापन कोष बनाएर त्यसमा ५ प्रतिशत रकम बिनियोजन गर्नु पर्ने निर्णय भएको छ । नगरपालिकाले गठन गरेको श्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समितिले आँउदो आर्थिक बर्षका लागि १ अरब ३० करोड बजेटको सिलिङ रहने सिफारीस गरेको छ ।
नगरपालिकाले पुर्वधार विकासमा ६५ प्रतिशत, आर्थिक बिकासमा १० प्रतिशत, सामाजिक विकासमा १० प्रतिशत, मर्मत सुधारमा १० प्रतिशत र वातवरण तथा बिपद ब्यवस्थापनमा ५ प्रतिशत बजेट वडागत रुपमा बिनियोजन गर्ने मार्गदर्शन पास गरेको पनि तिम्सिनाले जनाउनु भयो ।
नगरपालिकाले अग्र्यानिक खेतीलाइ समेत प्रवद्र्धन गर्नका लागि सामुहिक आग्र्यानिक खेतीलाइ समेत समावेश गर्नका लागि वार्ड कार्यालयहरु परिपत्र गरेको पाईएको छ । नमुना जैविक खेती प्रणाली विकास गर्ने कार्यक्रमहरु तय गर्नका लागि हामीले वार्ड कार्यालयहरुलाइ आग्रह गरेका छौ, तिम्सिनाको भनाइ छ ।
वार्डले सडक कालोपत्रे अयोजना छनौट गर्दा मुख्य सडक सगँ जोड्ने हुनु पर्ने र अनिवार्य रुपमा पक्की नाला निर्माण हुनु पर्ने शर्त र सिमा समेत नगरपालिकाले निर्धारण गरेको छ । पानी पर्दा पानीको निकास नहुने अववस्था देखिए त्यहाँ लगानी नगर्ने नीति लिईएको छ, कार्यकारी अधिकृत तिम्सिनाले बताउनु भयो ।











