(पार्थ मण्डल) भद्रपुर । दुई वटा मोटरसाइकल एक आपसमा ठोकिक्दा झापामा शनिवार एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर १२ स्थित कालीझोडामा पूर्वबाट पश्चिमतर्पm जाँदै गरेको मे ९ प १७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
सवारी दुर्घटनामा परी ८१८६ नम्बरको मोटरसाइकल चालक मेचीनगर १४ दुवागढी बस्ने ४१ वर्षीय अर्जुन सुनुवारको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै १७८४ नम्बरको मोटरसाइकल चालक इलाम देउमाइ नगरपालिका ३ बस्ने २९ वर्षीय प्रेमबहादुर मगर र सोही. मोटरसाइकल पछाडि सवार सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका नयाँ बसपार्क बस्ने १७ वर्षीय आशिका मगर गम्भीर घाइते भएका छन् ।
घाइते दुवै जनालाई उपचार लागि बिर्तामोड पठाइएको जनाइएको छ । प्रहरी चौकी चाराआली दुर्घटनामा परेका दुवै मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।











