विष्णुप्रसाद पोखरेल
दमक/इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले होटल तथा लजमा कडाई गर्न समस्या भएको बताएकाछन् ।
उनले स्थानीय प्रशासनले समन्वय नगरेको र छापा मार्दा लब्धप्रतिष्ठित ब्याक्ति समेत भेटिएको खुलासा गर्र्दै यस्तो बताएकाहुन् ।
यहाँका होटल ब्यवसायलाइ त्रसित बनाउने र सामाजिक रुपमा अप्ठेरो हुन नदिन आफु सचेत पनि रहेको बताए ।
कडाइ गर्न आफु सक्ने र तयार रहेको जनाउदै यसबाट आउने परिणामको जिम्मा लिन सबै तयार हुनु पर्ने बताए ।
दमकमा होटल ब्यवसायलाइ मर्यादित बनाउने बिषयमा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको पहलमा छलफल भएको थियो ।
छलफलमा महिला नेतृहरु रेगिना भट्टराइ, स्ुमित्रा भण्डारी, मन्दरा पौड्याल लगायतले होटलमा हुने बिकृती रोक्न माग गरेका थिए ।
महिला नेतृ रेगिना भट्टराइले मानिसहरुको घरबार बिगार्ने गरी पछिल्लो समयमा होटलहरुमा अनैतिक क्रियाकलाप गराउने कार्य बढिरहेको आफुले पनि सुनेको भन्दै यसलाइ रोक्न खुट्टा कमाउनु नहुने बताइन् ।
यस्तो कार्य रोक्न नगरपालिका पनि अग्रसर हुनुपर्नेमा उनले जोड दिइन् ।
होटल ब्यवसायी संघ क्षेत्रिय समितिका अध्यक्ष राजन दंगाल, होटल ब्यवसायी मोहन ढकाल लगायतले होटल क्षेत्रमा रहेका समस्याहरुको बिषयमा जानकारी गराउदै सहमतिमा होटल आउनेहरुलाइ छुट हुनु पर्ने बताएका थिए ।
यौनजन्य कृयाकलाप दमकमा हुन्छ भन्ने हल्ला छ त्यस्तो नभएको होटल ब्यवसायीहरुले बताएका थिए ।
जसरी बाहिर दमकको बदनाम हुने गरी चर्चा चलाइएको छ त्यस्तो दमकमा छैन, उनिहरुको भनाइ रहेको थियो ।
होटल ब्यवसायलाइ मर्यादित र ब्यवस्थित बनाउन आफुहरु पनि लागिपरेको उनिहरुको भनाइ थियो ।
वडाध्यक्ष एवं बजार अनुगमन समिति संयोजक भीम पौड्यालले कुनै पनि वहानमा होटलहरुमा यौनजन्य कृयाकलाप हुनु नहुने र ९ बजेसम्ममा होटलहरु बन्द भइसक्नु पर्ने माग अघि सारेका थिए ।
नगर उपप्रमुख अधिकारीले सरोकारवाला पक्षहरुसंग छलफल शुरुवात भएको बताउदै दमकको नकारत्मक परिचय बाहिर नजाओस भनेर सबै लाग्नु पर्नेमा जोड दिइन् ।











