दमक/झापाको दमक चोकमा मध्यराती बिद्यूत सर्ट भइ एक पसलमा आगलागि भएको छ ।

राति करिब साढे ११ बजे बजे चोकस्थित मनोज शाहको किराना पसलमा आगलागि भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

किराना पसलमा रहेका सम्पूर्ण सामाग्रीहरु नष्ट भएको बताईएको छ ।

संगै रहेको राज अग्रवालको मोवायल पसलमा पनि आँशिक क्षति भएको बताईएको छ ।

मध्यरातमा भएको आगलागिले स्थानीयहरु त्रसित भएका थिए ।

दमक नगरपालिकाका दुइवटा दमकल सहित सुरक्षाकर्मीहरुले करिब १ घण्टामा आगो नियण्त्रणमा लिएको जनाईएको छ ।