दमक/झापाबाट काठमण्डौ जाँदै गरेको बस दुर्घटना हुँदा दुइजनाको ज्यान गएको छ ।
गयराती सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बसमा सवार २५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तगर्त मिर्चैया नगरपालिकाको प्रयागपुर चोकमा ना ८ ख ९८२ नम्बरको बस र ना ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किएको थियो ।
मृतक र घाइतेहरुको नाम खुलेको छैन ।
स्थानीय अस्पतालहरुमा घाइतेको उपचार भइरहेको पनि बताईएको छ ।











