विष्णुप्रसाद पोखरेल
दमक/नेपाली काँग्रेस दमक नगर समितिले दमकको मालपोत कार्यालय बिचौलियाको नियण्त्रणमा रहेको र घुस ख्वाएकाहरुको मात्र काम गर्ने थलो भएको भन्दै कार्यालय प्रमुखको ध्यानकर्षण गराउदै यस्तो कार्य रोक्न माग गरेको छ ।
आइतवार नगर सभापति रोशन बिष्टको नेतृत्वमा गएको काँग्रेस टोलीले यस्तो ध्यानकर्षण गराएको काग्रेस नेता दीपेश दाहालले बताए ।
उनका अनुसार पछिल्लो समयमा मालपोत घुस्याह अड्डा भएको जन गुनासो आउपछि काँग्रेसले यस्तो माग गरेको हो ।
मालपोतमा बिचौलियाहरुको दबदबा रहदै आएको छ ।
यहाँ घुस बेगर काम नै नहुने गरेको बारम्बार जनगुनासो आउने गरेपनि सुधार नभएको सेवाग्राहीहरुले बताउदै आएकाछन् ।
अख्तियारले केहि कडाइ गरेपछि बिचौलिया तथा लेखापढीहरुको माध्यमबाट कर्मचारीहरुले घुस लिदै आएको त्यहि कार्यरत एक लेखापढी ब्यवसायीले बताएकाछन् ।











