दमक/ विप्लवले नेतृत्व गरेको नेकपाले आज गरेको बन्दको प्रभाव दमक सहित झापामा परेकोछ ।
देशका बिभिन्न ठाँउहरुमा बम आंतक भएपछि बजार तथा यातायात स्वतस्फूर्त रुपमा बन्द भएकाछन् ।
झापामा दूइचक्के बाहेकका सिटीसफारी तथा टेम्पो समेत कुद्न नदिने चेतावनी नेकपाका नेताहरुले दिएका थिए ।
क्याम्पस तथा बजारहरुमा बन्दको प्रभाव बिहानैदेखि देखिएको छ ।
जिल्ला कडा सुरक्षा ब्यवस्था बनाईएको प्रहरीले जनाएको छ ।
दमकमा पनि हिजो बेलुकादेखि नै सुरक्षा ब्यवस्था कडा रहेको छ ।











