विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा रतुवा पुल नजिकै शंकाश्पद बस्तु फेला परेको छ ।
अहिले भर्खरै १२ बजेको आसपासमा प्रहरीले यस बिषयमा खबर पाएको बताइन्छ ।
केहिबेर अघि मात्र यो शंशाश्पद बस्तु फेला परेको उक्त स्थलमा रहेका इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले पुष्टि गरेकाछन् ।
शंकाश्पद कुकर बम हुन सक्ने बताइएको छ ।
अहिले त्यहाँ कडा सुरक्षा ब्यवस्था मिलाइएको र हिडडुलमा समेत शर्तकता अपनाइएको बताइन्छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीलाइ खबर गरिसकिएको सुब्बाले जानकारी दिएकाछन् ।
दमकमा हिजो देखि नै कडा सुरक्षा ब्यवस्था मिलाइएको प्रैहरीले जनाउदै आएको थियो ।











