दमक /दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमक नगरपालिकाले तालिमको क्षेत्रमा गरेको लगानी खेर गएको बताएकाछन् ।

उनले अब यस्तो कार्य रोकिने जनाउदै तालिमका लागि तालिम गर्ने परम्पराको अन्त्य गर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बजेट सक्नका लागि र तालिमका लागि तालिम गरिदो रहेछ, ओलीले भने । उनले यो अनुत्पादक बनेको दाबी गरे ।

बृहत योजना तर्जुमा सम्बन्धिको कार्यक्रममा बोल्दै उनले तालिम लिएका ब्याक्तिहरु कतिले त्यो प्रयोग गरे ? त्यो अब खोजिनुपर्छ भने ।

नगरपालिकाले बर्षेनी तालिमको नाममा लाखौ खर्च गर्दै आएको छ । सिलाइ कटाइ, बिद्यूत जडानजस्ता बिभिन्न प्रकारका तालिम अनुत्पादक बन्दै आएको बारम्बार गुनासो चल्दै आएको थियो ।

ओलीले उद्घोषण तालिम पनि अब औचित्य नरहेको जनाए । उद्घोषण तालिम पनि बित्थाको खालको अब हुन हुदैन र यस्तो नगरपालिकाले गर्दैन, ओलीले भने ।