विष्णुप्रसाद पोखरेल
दमक । दमक वडा नं. १० मा २ सय ७१ जनाको आँखा जाँच गर्दा ४१ जनामा मेतियाबिन्दु भेटिएको बताईएको छ । बिन्दुको हुनेको वडा कार्यालयले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेपछि त्यहाँ आँखा जाँचका लागि आएकाहरुको परीक्षण गर्दा यस्तो पाईएको बताईएको हो ।
नगर स्वास्थ्य केन्द्र दमक १० मा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा जाँचमा मोतिया बिन्दु भेटिएका बिरामीहरुको निशुल्क रुपमा उपचार तथा अप्रेसनको ब्यवस्था मिलाईएको वडाध्यक्ष बोधराज न्यौपानेले बताउनु भयो । जेष्ठ नागरिकलाइ लक्षित गरेर गरेर आयोजना गरेको स्वास्थ्य शिबिरमा आँखाका बिरामीहरु धेरै भेटिए, उहाँले भन्नुभयो ।
स्वास्थ्य शिबिरमा सहभागि रहनु भएकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार जाँच भएका झण्र्ड १५ प्रतिशत वडाबासीमा मोतिया बिन्दुको समस्या देखिएको छ । धेरैजना अहिले पनि रोगको बिषयमा अनबिज्ञ भएका पाएका छौ, अधिकारीले भन्नुभयो । समयमा उपचार नभए यसले आँखा नै बिगार्न सक्थ्यो अब सबैले निशुल्क उपचार पाउनु हुन्छ, अधिकारीले भन्नुभयो ।
जेष्ठ नागरिकहरुलाइ लक्षित गरेर आफुहरुले स्वास्थ्य कार्यक्रमलाइ महत्व दिएको जनाउदै उहाँले आफ्ना बाआमाको स्वास्थ्यमा गम्भिर हुन अभिभावकलाइ पनि आग्रह गर्नु भयो । नियमित जाँच र स्वास्थ्य परीक्षण नगर्दा एकैचोटी समस्या हुनसक्छ, उहाँले भन्नुभयो । सरकारी दमक अस्पतालमा जेष्ट नागरिकका लागि निशुल्क जाँच र उपचारको ब्यवस्था मिलाइएको पनि उहाँको भनाई थियो ।
अधिकाँशले पहिलो पटक आफुहरुले आँखा जाँच गरेको बताएको शहरी स्वास्थ्य केन्द्रका प्रमुख कुवेर भट्टराइले बताउनु भयो । उहाँका अनुसार दमककै रत्न बृद्ध आश्रममा रहेका ८ जना जेष्ठ नागरिकहरुको आँखा परीक्षण गर्दा ६ जनामा मोतिया बिन्दु भेटिएको भट्टराइले जनाउनु भयो । ६ जनाको नै मोतिया बिन्दुको शल्यक्रियाका लागि मेची आँखा अस्पतालमा लगिदैछ, उहाँले भन्नुभयो ।
दमक नगरपालिकाको निर्देशनमा सबै १० वटै वाडमा यस प्रकारको स्वास्थ्य शिबिर तथा आँखा जाँच अभियान चलाइने र नगरपालिकाको समन्वयमा मेची आँखा अस्पतालमा निशुल्क उपचारको ब्यवस्था मिलाइने दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताउनु भयो ।











