दमक/नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा पनि छायाँ सरकार बनाउन स्थानीय काँग्रेससंग आग्रह गरेकाछन् ।
राजनीतिक दलहरु र वडाध्यक्षहरु सहित दमकका अगुवाहरु सामेल एक कार्यक्रममा उनले यस्तो आग्रह गरेकाहुन् ।
स्थानीय सरकारको काम कारवाहीलाइ नजिकबाट नियाल्नका लागि र दबाब दिनका लागि यस्तो छाया सरकार भइदिए हुन्थ्यो, उनले भने ।

ओलीले छाँयाछाँया नै हुने भएकाले आफु नडराउने पनि प्रष्ट पारे ।
अहिले त म नगर प्रमुख छु भोली ढुण्डि पनि आउन सक्नुहुन्छ, ओलीले भने ।
म राम्रो काम गर्ने हो त्यसले गर्दा छाया सरकारसंग डराउदिन उनले थपे ।
ओलीले यसो भनिरहदा नेपाली काँग्रेसका नेता शेरबहादुर भट्टराइ गम्भिरता साथ सुनिरहेका थिए ।
उनले आफुले विकास तथा नगरका कार्यक्रमहरुको ग्यार बढाएको पनि दाबी गरेकाछन् ।
मैले राम्र्ररी गाडि कुदाउन थालेको छु र राम्ररी कुदाउछु भन्ने विश्वास रहेको छ, उनले भने ।











