विष्णुप्रसाद पोखरेल

दमक/झापाको दमक नगरपालिकाले औपचारिक रुपमा नै शिक्षक स्वयंसेवक राखेपछि यो कार्यक्रम संघीय सरकारले पनि अनुशरण गरेको छ । यो सरकारको नयाँ कार्यक्रमको रुपमा आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामुदायिक बिद्यालयहरुमा सबैभन्दा बढि बिद्यार्थी फेल तथा कमजोर हुने अग्रेजी, गणित, बिज्ञान लगायतका बिषयमा पढाउनका लागि स्वयंसेवक शिक्षक राखिने अर्थमन्त्री डा. युवराज खतिवडाको बजेटमा उल्लेख छ ।

दमक नगरपालिका उपप्रमुख एवं नगर शिक्षा समितिकी संयोजक गीता अधिकारीले आफुहरुले दमकमा शुरु गरेको कार्यक्रम संघीय सरकारले बजेटमा ल्याउदा निक्कै खुसि लागेको बताइन् ।

सरकारले शिक्षक दरबन्दी अभाव टार्न स्वयंमसेवक शिक्षक खटाउने छ। हाल करीब ५५ हजार शिक्षक दरबन्दी अपुग रहेको छ । शिक्षकको नयाँ दरबन्दीका लागि रकम विनियोजन नगरी स्वयंसेवक शिक्षक खटाउन बजेट बिनियोजन गरेको पाईएको छ ।

हाल मुलुकका ३५ हजार ५५ विद्यालयमध्ये २७ हजार ७२८ सामुदायिक विद्यलाय छन् । सामुदायिक विद्यालयमा हाल एक लाख ५१ हजार ७४८ शिक्षक छन् । आधारभूत तहमा ५५ लाख ५५ हजार विद्यार्थी छन् ।