दमक/ दमक नगरपालिकाले गत जेठ १ गतेदेखि रतुवा र मावा खोला उत्खनन्मा रोक लगाएपनि उत्खनन् कार्य रोकिएको छैन ।
दिनभरमात्र नभएर रातभर समेत खोला दोहन हुँदा पनि स्थानीय प्रशासन बेखेबर झै रहेको छ ।
स्थानीय सरकारले समेत आफ्नो निर्णय कार्यन्वय गराउन सकेको छैन ।
टिपरहरुको आंतक पनि छ । खोलामा हतारोमा कुद्ने टिपरहरुबाट बच्न मुश्किल बन्न थालेको स्थानीयले बताएकाछन् ।
दमकमा उत्खनन् गरेको हजारौ ट्रिप बालुवा तथा खोलाजन्य ट्रिप भण्डारन भएको श्रोतको दाबी छ ।
शुक्रबार बेलुका जेसिबि खोलाबाट छिटो झिकिएको भन्दै दमक चोकमा एक ठेकेदारले पुन लगेर बाल्वा झिक्न निर्देशन दिइरहेका थिए ।
राजनीतिक आडमा खोला दहन भइरहेको आरोप लाग्दै आएको छ ।
एक महिना अघि नै ठेकेदारले तोकिएभन्दा धेरै परिमाणमा सामाग्रि झिकेको नगरपालिकाले पुष्टि गरेको छ ।











