दमक/झापाको दमक नगरपालिका १ सैनिक चौकमाबस्ने शेर बहादुर लिम्बुको घरमा डेरा गरी बस्ने बिना राइको कोठामा पाहुना आएकी एक किशोरी कोठामा मृत भेटिइएकीछन् ।

ईलाम चुलाचुली गाँउपालिका ५ घर भई यहाँ डेरा गरी बस्ने राईको कोठामा पाहुना आएकी ईलाम माङसेबुङ गाँउपालिका २ बस्ने महेश राईको छोरी वर्ष १९ कि बुनु राई कोठामा मृत भेटिएकीहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज सोमबार दिउसो खाना खाएर भुईमा सुतेकोमा मृत अवस्थामा फेला परेको जनाईएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।