खोला उत्खनन् रोक्न प्रहरीलाइ तत्काल भनेका हौ

विष्णुप्रसाद पोखरेल

दमक/दमक नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितले दमकका मुख्य बजार क्षेत्रमा टिपर सञ्चालन रोक लगाइएको र दमकका सडकहरु धुलोमुक्त बनाउने प्रतिबद्धता गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्व वातवरण दिवसको सन्दर्भ पारेर दमक नगरपालिकामा गरिएको पत्रकार सम्मेलनमा प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना सहितले यस्तो प्रतिबद्धता गरेकाहुन् ।

बजार क्षेत्रमा टिपरहरु सञ्चालन गर्न पाइदैन र त्यो हामी रोक्छौ, उनिहरुको भनाइ रहेको थियो । जथाभावी निर्माण सामाग्रि थुपार्ने कार्यलाइ पनि कडाइका साथ रोकिने उनिहरुको प्रतिबद्धता रहेको छ ।

नगर प्रमुख ओलीले यसमा सबै राजनीतिक दल तथा नगरबासीको सहयोग र साथ हुनुपर्ने बताए । दमकलाइ सफा नगरको रुपमा पहिचान स्थापित गराउन लागि परेको जनाउदै यसमा स्वार्थ नगासिएको भन्दै सबैलाइ सहयोग गर्न आग्रह गरे ।

नगरपालिका उपप्रमुख अधिकारीले नगरपालिकाले यस बिषयमा बोर्ड बैठकबाट नै निर्णय गरेर दमकलाइ धुलोमुक्त र सफा नगर बनाउने अभियान शुरुवात गरिएको जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले यो आफुहरुको प्रयास र पहल भएको जनाउदै यसमा सबैको साथ सहयोग अपरिहार्य भएको जनाए । उनले शुरुवात नभएसम्म केहि कामले गति नलिने जनाउदै शुरुवात नगरपालिकाले गरेपछि अरुका साथ पाउने विश्वास राखे ।

वडा नं. ६ का वडाध्यक्ष  एवंसरसफाइ तथा वातवरण संयोजक टेकबहादुर थापाले बुधबार २२ गते बिहान वातवरण दिवसमा सरिक हुन आग्रह गरे । दमक नगरपालिकामा भेला भएर र्याली गरिने र रतवा खोला किनारमा बृक्षारोपण गरेर कार्यक्रम सम्पन्न हुने जानकारी दिए ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले सकारत्मक काममा आफुहरुको सधै नगरपालिकालाइ साथ रहने जनाए । नगरबासीको हितका काममा आफुहरु पछि नपर्ने उनले जनाए ।

मावा र रतुवा दोहन रोक्ने कार्य कार्यन्वयन गराउन प्रहरीलाइ भनेका हौ

यसैबीच मावा र रतुवा दोहन भइरहेको बिषयमा पनि नगर प्रमुख ओली सहित प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले नगरपालिकाले खोला उत्खनन् कार्य रोक्ने निर्णयको जानकारी स्थानीय प्रहरी र जिल्ला समन्वय समिति झापालाइ गराएको बताएका थिए ।

हामीले प्रहरीलाइ तत्कालै जानकारी गराएका हौ र यो कार्य रोकिनुपर्छ, उनिहरुको भनाइ रहेको छ । जेठ १ गतेदेखि खोलामा उत्खनन् कार्य रोकिएको भनिएपनि अहिले पनि उत्खनन् कार्य जारी छ ।