दमक/झापाको दमकमा मावा र रतुवा खोलाको चरम दोहन रोकिएको छैन । नगरपालिकाले जेठ १ गतेदेखि लागु हुने गरी खोलाजन्य सामाग्री रोक्न ठेकेदारलाइ निर्देशन दिएपनि राजनीति र प्रशानिक आडमा खोलामा जेसिबि सहित उत्खनन् भइरहेको स्थानीयहरुले बताएकाछन् ।

टिपरले पानी चुहाउदै बुधबार पनि बालुवा उसारिरहेकाछन् । दमकमा बिहान वातवरण जोगाउन र्याली सहितको कार्यक्रम भइरहदा टिपरहरुले खोला दोहन गरेर प्राकृतीक खोलानोला दोहन गरिहेको देखिन्थ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठेकेदारको अगाडि स्थानीय सरकार, प्रशासन सबै निरिह देखिएकाछन् । निर्णय कार्यन्वयन गराउन सकेका छैनन् । एकातिर खोला दोहन र अर्कातिर बर्षेनी करोडौ रुपिया खोला नियण्त्रणका लागि बजेट माग हुने गरेको छ ।

शिवलिक निर्माण सेवाले खोलाको ठेक्का लिएको थियो । उसले तोकेको परिमाण भन्दा बढि खोलाजन्य सामाग्रि बैशाख मसान्तमा नै झिकिसकेको नगरपालिकाले ठहर गरेर रोक्न निर्देशन दिइसकेको छ ।

नगरपालिकाले ३२०३५२ घनमिटर उत्खनन् गर्नका लागि अनुमति दिएकोमा ३४८९०९ घनमिटर उत्खनन् बैशाख मसान्तमा नै सकिएको थियो ।  चरम खोला दहन हुँदा पनि किन सबै चुप ? अहिले यो प्रश्न उठन थालेको छ ।फायल फोटो