बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भिडभाडमा आफुले समेत लाठ्ठी खाएको बताएकाछन् । अनाअवश्यक बल प्रयोग गरेको भन्दै तिब्र बिरोध भइरहेकाबेला उनले यस्तो बताएकाहुन् ।
बिर्तामोडस्थित कन्काइ हस्पिटलमा उपचारका लागि ल्याइएकी एक युवतीको उपचारमा हस्पिटलले लापरवाही गरेको भन्दै पीडितका आफन्तले आइतवार दिनभर प्रर्दशन गरेका थिए ।
हातमा लठ्ठी लागेको बताउदै उनले चोट पनि देखाए । घटनालाइ साम्य बनाउनका लागि छलफल भइरहदा उनले चा्ट देखाएकाहुन् । उनि भिडमा लडेको पनि बताईएको छ ।
पीडित परिवारले आफ्न्तको मृत्यु भएर पीडित बनेको अवस्थामा उल्टै प्रहरीले दमन गरेर थप पीडा दिएको जनाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दीनेश मैनालीले अवस्था नियण्त्रण बाहिर जान लागेकाले सामान्य बल प्रयोग गर्नु परेको जनाएकाछन् ।
उपचारका क्रममा सुर्योदय नगरपालिका वडा नं. ९ इलामकी २१ वर्षीया बिबिसा तामाङको मृत्यु भएको बताइन्छ । बिरामीको अवस्थाबारे सोध्दा बारम्बार सामान्य भनेको र पछि एक्कासी बिरामीको अवस्था किर्टिकल रहेको भन्दै अन्यत्र रेफर गरे लगत्तै उनको मृत्यु भएको पीडित पक्षको भनाइ छ ।











